सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री सिंह चढेको गाडी बझाङमा दुर्घटना
बझाङ | असार ५, २०८०
बझाङ: सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वी बहादुर सिंह चढेको गाडी बझाङको केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।
धनगढीबाट बझाङका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१(००१ झ ४८० नम्बरको गाडी केदारस्युँ गाउँपालिका देउरा नजिकै दुर्घटनामा परेको हो ।
दुर्घटनामा मन्त्री सिंहसँगै उहाँकी श्रीमती, भाउजु र दुई जना सुरक्षा गार्ड र चालक घाइते भएका प्रहरीले जनाएको छ । उनीहरुको देउरा स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार भइरहेको छ ।
घाइते सबै जना अचेत रहेका प्रहरीले जनाएको छ ।
म्याग्दी: वारि भाइरल रत्नेचौर गाउँ । पारिपट्टि धामिर्क तथा कृषि उत्पादनको क्षेत्र भनेर चिनिने बागलुङको कुडुले गाउँ । म्याग्दी र बागलुङको साँध बनेर बगेको ढोडेनी खोलाका वारि र पारि पर्ने यी दुवै गाउँ पर्यट...
गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन् । मतगणनाको अन्तिम नतिजाअनुसार उनी र अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखिएको छ । उनले २९ हजार ८९६ मत...
पोखरा: निवर्तमान शिक्षामन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो किताब बेच्ने अभियानलाई निरन्तरता दिएका छन् । प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि म्याग्दी पुगेका उनले केही समयका...

